Search This Blog

Tuesday, November 15, 2011

डलर अझै केही महिना अस्थिर रहने



काठमाडौ, कार्तिक २९ - भारतले अमेरिकी डलरको अधिमूल्यनमा चासो नदिए पनि नेपालमा पनि विनिमय दर अस्थिर रहने देखिएको छ । भारतमा डलरको मूल्य ५० रुपैयाँ भएपछि नेपालमा ८० पुगेको छ । भारतीय केन्द्रीय बैंकले लिएका पछिल्ला कदमले डलरको मूल्य अझै केही समय बढ्न सक्ने देखिएको हो । विश्लेषकहरूले डलरको मूल्य ८४ रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिरहेका छन् ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) का अधिकारीहरू बजारमा हस्तक्षेप गर्ने अवस्था आई नसकेको बताइरहेका छन् । भारतीय रुपैयाँ (भारु) सँग नेपाली मुद्राको स्थिर विनिमय दर भएका कारण भारतको नीतिको यहाँ सीधै प्रभाव पर्छ । करिब २० वर्षदेखि १ सय भारु बराबर १ सय ६० रुपैयाँमा स्थिर विनिमय कायम गरिएको छ ।
 बढ्दो व्यापार घाटा र घट्दो वैदेशिक लगानी कारण पनि भारतले केही समय डलरको अधिमूल्यन नगर्ने देखिन्छ । भारतीय मुद्रालाई डलरको तुलनामा कमजोर राख्दा निर्यात बढ्ने र व्यापार घाटा कम हुने सम्भावना रहन्छ । यसका साथै डलरको उच्च मूल्यका कारण वैदेशिक लगानी आउने सम्भावना पनि बढी हुन्छ ।
'भारतीय रिजर्भ बैंकले कुनै पनि कदम नचालेको होइन,' मौदि्रक नीतिका एक विशेषज्ञले भने, 'त्यहाँको केन्द्रीय बैंकले खुलेर आफ्ना कदमबारे जानकारी नदिने भएकाले बाहिर कुरा नआएको हो ।' उनका अनुसार तीन महिना अघि भारतीय रिजर्भ बैंकले केही मात्रामा डलर बिक्री गरेर मूल्य समायोजन गरे पनि ठूलै हस्तक्षेपको मुडमा आरबिआई छैन ।
विश्व आर्थिक संकटअघि भारतमा आएको ठूलो वैदेशिक लगानीका कारण एकै पटक ठूलो मात्रामा डलरको अधिमूल्यन भएको थियो । आर्थिक संकटपछि भारतबाट लगानी बाहिरिने क्रम बढ्नुका साथै भित्रिने क्रम घटेकाले समायोजनका लागि विनिमय दर परिवर्तन नगरिएको हुन सक्ने विश्लेषक बताउँछन् । 'लगानी भित्रँदा आवश्यकताभन्दा बढी अधिमूल्यन भएको थियो,' राष्ट्र बैंकका एक पूर्वअधिकारीले भने, 'अहिले त्यसलाई समायोजन गर्न चुप लागेर बसेको देखिन्छ ।'
तोकेर भन्न नसकिए पनि अबका केही महिना भारतीय रिर्जभ बैंकले डलरको मूल्यलाई ४९ देखि ५२ बीचमा राख्ने अनुमान विश्लेषकले गरेका छन् । '५२ भन्दा माथि जाने देखिए तुरुन्तै हस्तक्षेप हुने सम्भावना उच्च छ,' उनले भने, 'भारतीय केन्द्रीय बैंकको यो पुरानै प्रवृत्ति हो ।'
अन्य एसियाली मुलुकको तुलनामा आरबिआईले अमेरिकी डलरको समायोजनमा खासै कदम चलेको छैन । दक्षिण कोरिया, इन्डोनेसिया र फिलिपिन्स लगायत मुलुकका केन्द्रीय बैंकले डलर बिक्री गर्दै आपmनो मुद्राको स्थिति स्थिर बनाउन प्रसाय गरिरहेका छन् । भारतीय रुपैयाँ अगस्तबाट ७ दशमलव २ प्रतिशतले अवमूल्यन भएको छ । कोरियान वोन, इन्डोनेसियाली रुपिअ, फिलिपिनो पेसो १ देखि १० प्रतिशतको बीचमा अवमूल्यन भएका छन् ।
पछिल्लो २८ महिनामा भारु कमजोर हुँदै गए पनि केन्द्रीय बैंकले कुनै पनि हस्तक्षेप गर्ने अवस्था आई नसकेको बताउँदै आएको छ । 'अहिलेको अवस्थामा हामीले विनिमय दरमा कुनै पनि हस्तक्षेप गर्ने अवस्था आएको देखेका छैनौं,' रोयटर्सले रिजर्भ बैंक अफ इन्डियाका डेपुटी गभर्नर सुवीर गोकर्णलाई उद्धृत गर्दै भनेको छ, 'तत्कालका लागि कुनै नीतिगत परिवर्तन हुँदैन ।' अर्कोतर्फ भारतीय अर्थशास्त्री भने भारतिय रुपैयाँको अवमूल्यन रोक्नका लागि विनिमय दर परिवर्तन हुनुपर्ने बताउँदै आएका छन् । भारतले ८० प्रतिशत कच्चा तेल आयात गर्दा डलर खर्चिनुपर्ने भएकाले विनिमय दर परिवर्तन आवश्यक रहेको विशेषज्ञहरूले बताउँदै आएका छन् । बढी पैसा तिरेर कच्चा तेल आयात गर्दा मुलुकको मूल्य वृद्धिमा सीधै असर गर्ने गर्छ । पछिल्लो समय भारतीय केन्द्रीय बैंकको मुख्य चुनौतीका रूपमा मूल्य वृद्धि देखिएको छ ।
नेपालमा पनि डलरको भाउ बढेकै कारण मूल्य वृद्धिको सम्भावना बलियो हुँदै गएको छ । महँगो डलरमा किनिएको पेट्रोल नेपाललाई बेच्दा भाउ बढेपछि प्रभाव पर्ने देखिएको छ । नेपालले वाषिर्क करिब ७६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात गर्छ । बढेको मूल्यका कारण निगमको घाटा १ अर्ब रुपैयाँ नाघिसेको छ ।
यसैगरी डलर तिरेर किनिने खिम्ती र भोटेकोसीको बिजुलीको मूल्य पनि महँगिने छ । प्रतियुनिट २ रुपैयाँ ३९ पैसा घाटामा रहेको निगमका लागि यो दरले थप नोक्सानी हुने छ ।
भारतबाट आयात हुने प्रायः सबै सामान भारुमै खरिद हुने हुँदा सीधै असर नदेखिए पनि चीनबाट आउने पोसाक र इलेक्ट्रोनिक्सका सामानको मूल्य बढ्ने देखिएको छ । नेपाल भित्रिने रेमिट्यान्स बढ्ने हुँदा केही राहत भए पनि आयातले त्यसलाई लामो समय थेग्न नदिने विश्लेषक बताउँछन् ।
डलरका कारण सरकारले तिर्ने साँवाब्याजमा भने तत्काल प्रभाव नदेखिइसकेको अर्थसचिव कृष्णहरि बाँस्कोटा बताउँछन् ।
'अहिले नै असर देखिएको त छैन,' उनले भने, 'तर बढ्दै गए समस्या हुन सक्छ ।' यसपटक २० अर्ब रुपैयाँ साँवाब्याज तिर्न छुट्याइएको छ ।
ekantipur

Prachanda meets Japanese delegation

Former PM Prachanda meets delegation of Japan in NY.


बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘टियर टु’ भिसा खुकुलो


लन्डन, कार्तिक २९ - बेलायत सरकारले अन्तर्राष्ट्रिय ग्रयाजुएट्स विद्यार्थीहरुलाई अप्रिल २०१२ पछि सहजै ‘टियर टु’ अर्थात वर्क परमिट सुविधा दिने भएको छ । सरकारले अप्रिल २०१२ मा हट्ने पोष्ट स्टडी वर्क (पिएसडब्लु) रुटको सट्टा झन् सहज रुपमा ‘टियर टु’ भिसा दिने व्यवस्था गर्न लागेको हो ।
युकेबीएको पोलिसी टिमसंग आवद्ध रहेर काम गरिरहेका अध्यागमन मामिलाका जानकार निकोला कार्टर, फिलिप बार्थ र इफुन चिनले सो जानकारी दिएका हुन् । उनीहरु आवद्ध पेनिङटन्स् सोलिसिटर्सको अध्यागमन क्षेत्रमा बेग्लै प्रतिष्ठा छ ।
बेलायत सरकारद्वारा प्रकाशित जानकारी उदृत गर्दै निकोला कार्टरले ग्रयाजुएट्स विद्यार्थीहरु ‘टियर टु’ मा सजिलै जान सक्ने जनाइन् । ‘हामीलाई जानकारी भएअनुसार अप्रिल २०१२ पछि ग्रयाजुएट्स विद्यार्थीलाई ‘टियर टु’ मा जान रोजगारदाताबाट सर्टिफिकेट्स अफ स्पोन्सरसीप (सिओएस) जारी गरिरहनु पर्ने वाध्यता हुने छैन् र सरकारले पनि यसमा कुनै बन्देज लगाउने छैन्’ कार्टरको भनाई छ । 
सरकारले ‘स्टुडेन्ट इन्टरप्रिनर क्याटगोरिज्’ आगामी अप्रिल २०१२ पछि कार्यान्वयनमा ल्याउंदैछ । बेलायत सरकारले ‘ब्राइटेष्ट एण्ड ब्रेष्ट’ विद्यार्थी आकर्षित गर्न यो नियम ल्याउन लागेको हो ।
आउन लागेको नयाँ व्यवस्था अनुसार, जेहेन्दार र सक्षम टियर फोर विद्यार्थीले ग्रयाजुएट्स सक्ने वित्तिकै टियर टु मा जान सक्ने छन् । मार्च २०११ को ‘स्टुडेन्ट्स भिसाः स्टेटमेन्ट अफ इन्टेन्ट एण्ड ट्रान्जिसनल मिजर्स’ डकुमेन्ट्सको पृष्ठ १४ मा यससम्बन्धि विस्तृत जानकारी छ ।
परिवर्तित भिसा नियमले चिन्तित विद्यार्थीहरुलाई यो परिवर्तनले राहत पुग्ने विश्वास गरिएको छ । विशेषगरि कमाउन भन्दा अध्ययनप्रति समर्पित विद्यार्थीहरु यसबाट लाभान्वित हुन सक्नेछन् ।
यतिखेर अधिकांश नेपाली विद्यार्थी अब निजी कलेजको अस्तित्व रहने छैन् भन्ने हल्लाले कि त युरोप पलायन कि त कलेज नै हाजिर नभई काममा रातदिन खटिइरहेको अवस्था छ । तर, निजी कलेज सञ्चालकहरु हल्ला फैलाइए जस्तो भयावह स्थिति नरहेको बताउंछन् । ‘आउन लागेको नयां नियमले मिहिनेत गरेर यूकेबाट डिग्री हासिल गर्ने विद्यार्थीलाई अझै भविष्य छ भन्ने प्रमाणित गर्दछ’–हाइली ट्रष्टेड साउथ लन्डन कलेजका प्रिन्सिपल निक एन्ड्रयुले भने । उनले विश्वविद्यालयमा शुल्क ज्यादै महंगो हुने भएकाले हाइली ट्रष्टेड निजी कलेजबाट डिप्लोमा र ग्रयाजुएट डिप्लोमा हुंदै अन्तिम वर्ष विश्वविद्यालयको डिग्री लिन सस्तो र सहज हुने समेत बताए ।
ekantipur

Photo feature of PM Baburam Bhattarai and Hisila Yami

Our First Lady's first visit to the US

Interesting expressions



She looked restless all the while




didn't understand what she was doing--digging nose or measuring the size of her nostrils

Attentive

Doubtful

Alret


She thought she would be joining the Nepali diaspora for dinner so she was approaching this way but then her guards told her that she had to leave with her Prime Minister husband.

PM summarizes his US visit while she is either listening patiently or dozing off.




Saturday, February 26, 2011

झापड हान्ने तारेख धाउँदै

उनले झापड हानेका व्यक्ति देशको प्रधानमन्त्री भइसकेका छन्। देशविदेशका मिडियामा उनी छाइसकेका छन्। प्रधानमन्त्री निर्वाचनका बेला संसदमा नै नेताहरुले उनको झापडको बारेमा कुरा उठाएका थिए। प्रचण्डले अझै प्रधानमन्त्री नचुनिने हो भने जनताले अहिले त एक दुई झापड मात्रै हानेका छन्, अब जुत्ता हान्न थाल्नेछन् भने। प्रकाशचन्द्र लोहनीले थुप्रै झापडबहादुर जन्मने छन् अब भनेका थिए। प्रधानमन्त्री भइसकेपछि बीबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीले झापडवालालाई बालुवाटारमा आमन्त्रण गर्द‍ै उनीसित कुरा गर्न चाहेको पनि बताएका थिए।
तपाईँलाई लाग्यो होला, अब झापड मुद्दा सकिसकेको छ। अहँ, तपाईँ गलत हुनुहुन्छ। ब्लगमा यसअघि पनि हामीले भनेका थियौँ, उनीविरुद्धको मुद्दा फिर्ता लिइएको छैन। उनलाई त धरौटीमा मात्र रिहा गरिएको हो। नभन्दै आज देवीप्रसाद रेग्मीलाई सुनसरीका सीडीओले एक महिने तारेख थपेको छ। अब उनी चैत १० गते फेरि सीडीओ कार्यालयमा उपस्थित हुनुपर्नेछ। मुद्दा हाल्नेले मुद्दा फिर्ता नलिएसम्म र मुद्दाको टुंगो नलागेसम्म यो क्रम जारी रहनेछ।
तपाईँलाई याद होला, यस्तै सार्वजनिक मुद्दा पूर्व युवराज पारस शाहलाई पनि परेको थियो। उनी पनि धरौटीमा नै रिहा भएका थिए। तर उनले भने यस्तो तारेख धाउनु परेको छैन। किनभने सानालाई ऐन ठूलालाई चैन !
झलनाथ खनालले माफी दिइसकेको बताए पनि सार्वजनिक अपराध ऐन अन्तर्गत एमाले सुनसरी जिल्ला कार्यालय सचिव गोविन्द कार्कीले मुद्दा दर्ता गरेका हुन्। उनलाई कारबाही गराउन इटहरीमा एमालेले चक्काजाम गरेर आन्दोलनै गरेको थियो त्यतिबेला।
रेग्मीको क्रेज भने अझै घटिनसकेको आज सीडीओ कार्यालयमा उपस्थित हुँदा उनलाई हेर्न आउनेको भीडले पुष्टि गरेको थियो। तपाईँहरुले कार्टुनमा मात्र ठान्नुभएको होला, साँच्चिकै पनि उनको घरमा मानिसहरु आउँछन् रे। अनि उनको लक्की ठानिएको हातबाट आफैलाई गालामा हिर्काउने गर्छन् रे। भाग्यवादी नेपालीहरु !

From Mysansar.